नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले वर्तमान सरकार नाङ्गो भएको बताएका छन् ।
नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा केहीबेर अघि ट्वीट गर्दै वर्तमान सरकारले जनमतको अपमान गरेको, देश संकटमा गएको तथा दुइ तिहाईको सरकार स्थापना भएदेखि उदाङ्गिएको र अहिले पुरै नाङ्गो भएको टिप्पणी गरेका छन् ।
पौडेलले भनेका छन् “दुई तिहाईको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ । जनमतको यो भन्दा ठूलो अपमान अर्को केही हुनै सक्दैन । स्थापना भएदेखि उदाङ्गिएको ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको छ ।ओलीक्रेसीको प्रतिवाद गरौ देशलाई थप संकटमा जानबाट रोकौं।”
प्रतिक्रिया