नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रका असन्तुष्ट नेताहरुलाई क्बल बनाएर आलोचना नगर्न चेतावनी दिएका छन् ।
उनले नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई धेरै कचकच गर्दै बस्नुभन्दा अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई निकाल्न चुनौती पनि दिए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानीमा उनले तथ्यमा उभिएर खण्डन र विरोध गर्न असन्तुष्ट पक्षका नेताहरुलाई सझुाव दिए । कसैलाई केही हुन मन लाग्यो भनेर नहुने बताउदै उनले अहिले नेकपाको धेरै कुरा अन्तरिम भएकाले कसैले बालहठ गर्नुको अर्थ नभएको उनको भनाई छ ।
केपी ओलीकै कारणले नेकपा ठूलो पार्टी भएको र जनताले निर्वाचित गरेकाले उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनमा नजादाँसम्म पार्टीमा दुई ओटा पाईलट रहने बैधानिक व्यवस्था नै रहेको बास्कोटाले तर्क गरे ।
उनले भने, “हटाउन नै खोजेको भने आधिकारीक निकायबाट प्रक्रिया अगाडी बढाए भो नी, अव त अति भो कचकच । नेताहरुको तरिकाले कार्यकर्ता पनि वाक्क दिक्क भइसके । सकिन्छ मिलेर गरौँ सकिदैन भने आ आफ्नो पहिलाको पार्टी छ त्यतै लागौँ । सधैँ गनगन नगरौँ ।”
नेकपामा रहेका सवै शिर्ष नेताहरु लामो समयदेखि नेतृत्वमा रहेकाले कस्को क्षमता कति छ कस्ले देशका लागि कती गर्न सके भन्ने कुरा छर्लङ्ग रहेको बताउदै उनले कसैलाई ठूला कुरा नगर्न चेतावनी पनि दिए ।
सचिवालयको काम संख्या गन्ने मात्रै भएको टिप्पणी गर्दै उनले जे गर्नु पर्ने हो त्यो नगरेर गर्नु नपर्ने कुरामा अल्मलीएको बताए ।
कुण्ठा मात्रै पोखेर फजुल कुरा गरेर राष्ट्रिय दायित्वलाई ओझेल नपार्न आग्रह गर्दै उनले कार्यकर्ताहरुलाई दन्त बझान गराउन र पाखुरा सुर्कन लगाएर समाधान नहुने तर्क गरे।
नेता बास्कोटाले अहिले जे जति हल्ला भएपनि अन्त्यमा कुरा मिल्ने र पार्टीमा कुनै भूकम्प नआउने दावी पनि गरे । उनले सरकारले सवै ठाउँमा काम गरिरहेको बताउदै हरेक निर्वाचन क्षेत्र र गाउँ गाउँमा गएर हेर्न सुझाव दिए ।
















प्रतिक्रिया