प्रधानमन्त्री केपी ओलीलेराष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेको विरोधमा मुलुकभर आन्दोलनको शुरु भएको छ । हठात रुपमा प्रधानमन्त्रीले असम्वैधानिक कदम चालेको र त्यो तत्काल फिर्ता लिनु पर्ने तथा राष्ट्रपतिले प्रधानमन्त्रीको प्रस्ताव खारेज गर्नु पर्ने भन्दै मुलुकभर युवा तथा विद्यार्थी आन्दोलित भएका हुन् ।
नेपाली कांग्रेसको भातृसंस्था नेविसंघ र तरुणदलका कार्याकर्ताले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रर्दशन गर्दै पूर्वपश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेका छन् ।
यस्तै, प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव गरेर लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेकपाका प्रचण्ड, र नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका हुन् ।
यसैगरि संसद् विघटनको सिफारिस गरेको विरोधमा सत्तारूढ दल नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने तयारी गरिरहेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिने भन्दै तीन बजे माइतिघर मण्डलामा प्रदर्शन राखिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सह९संयोजक रञ्जित तामाङले जानकारी दिए।
मुलुकमा भएको नयाँ घटनाक्रमको वारेमा छफलफ गर्न विभिन्न राजनीतिक दलले आफ्नो केन्द्रिय वैठक समेत आहन गरेकाछन् ।
प्रतिक्रिया