Logo

राजनीति

कांग्रेसको  बैठक सुरु, संसदको विघटनको विषयमा छलफल गरिने



सरकारले संसद विघटनको सिफारिस गरेका विषयमा छलफल गरि पार्टीको आधिकारिक धारणा तय गर्न  प्रमुख प्रतिपक्षी कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको छ । 
सरकारको कदमबारे पार्टीको धारणा तयार गर्न सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित पदाधिकारी र पूर्वपदाधिकारीहरु पुगेका छन् ।

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  २ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।