Logo

राजनीति

बेलायतको हवाई उडानमाथि डच सरकारको प्रतिबन्ध



कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।

बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको त्यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै उक्त उडानमा प्रतिबन्ध लगाएको बताइएको हो । बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ ।

बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ । ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ । बेलायतमा आगामी क्रिस्मसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ । आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ ।

डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरुमा झनै बढ्न सक्ने बताएको छ । यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ ।

डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ । 

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १५:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।