राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विवादको आन्तरिक विवाद अहिले धरातलमा आएको छ । राप्रपाका अध्यक्ष डा.।प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको विषयलाई लिएर अर्का अध्यक्ष कमल थापाले त्यसको बिरोध जनाएका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, डा.प्रकाशचन्द्र लोहनीले एक टिभि अन्तरवार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ,त्यो पार्टी एकताको भावना विपरित छ। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।
अध्यक्ष थापाले धर्मरसंस्कृति बिरुद्धको आक्रमण,ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको उल्लेख गरेका छन् । यही आवश्यकता पुरा गर्न राप्रपाको एकता भएको हो।मतभेदरचित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ,सार्वजनिक बहसको बिषय नबनाऔॅ भन्दै सुझाव दिएका छन् ।
प्रतिक्रिया