स्पेनिस ला लिगामा फ्रेन्च फरवार्ड तथा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले एक गोल साथै दुई गोलको लागि असिस्ट दिएपछि रियल म्याड्रिडले एइवरमाथि ३–१ को सहज जित निकालेको छ ।
एइवरमा आइतबार राति भएको खेलमा रियलले खेलको छैटौ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो ।करिम बेन्जेमासँगै लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा सहज जित हात पारेको हो । किकेले गरेको गोल सान्त्वना बन्यो ।
रोड्रिगो गोएसले क्रस गरेको बललाई बेन्जेमाले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै सहज फिनिस गरेका थिए । १३औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । करिम बेन्जेमाले एक डिफेन्डरलाई बटि गर्दै दिएको कटब्याकलाई लुका मोड्रिचले उत्कृष्ट फिनिस गरेका थिए ।
२८औं मिनेटमा किकेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
पहिलो हाफमो इन्ज्युरी समयमा काउन्टर अट्याकमा भास्क्वेजले एइवरका गोलरक्षक डिमिट्रोभिकलाई बिट गर्दै गरेको प्रहारलाई पेड्रो बिगासले गोललाइनबाट बचाउदै रियलको थप अग्रता टारे
८०औं मिनेटमा योसीनोरी मुटोको हेडरलाई पेनाल्टी बक्समा सर्जियोले ह्यान्ड गर्न पुगेपनि भिएआरले उक्त ह्यान्डलाई मान्यता नदिा एइवरले बराबरीको सुवर्ण अवसर खेर फाल्यो ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो रामोसले पेड्रो बिगासको प्रहारलाई उत्कृष्ट ब्लक गर्दै एइवरको बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा करिम बेन्जेमाको पासमा लुकास भास्क्वेजले सहज गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।





















प्रतिक्रिया