नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि असर नपर्ने जानकारी दिएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चालेका कदमविरुद्ध सबै दल एक हुन पनि अपिल गरेका छन् । उनले भनेका छन्, संसद विघटनको असंवैधानिक अलोकतान्त्रिक निरंकुश पश्चगामी एवं स्वेच्छाचारी कदमलाईविरुद्धमा लड्न सबैमा आग्रह छ ।
उनले प्रधानमन्त्रीको उक्त क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा समेत दिएका छन् ।
बिज्ञप्तिमा भनिएको छ, “जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलको ऐतिहासिक कार्यभार हो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न म सबैलाई अपिल गर्छु “।
हिजो बसेको पार्टीको आकस्मिक बैठकले प्रधानमन्त्रीको उक्त कार्यको घोर भत्सर्ना गरेको बताईएको छ ।




















प्रतिक्रिया