प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफुले बाध्य भएर ताजा जनादेशको निर्णय गरेको बताए ।
प्रधानमन्त्री ओलीले आज सोमबार बालुवाटारमा भएको आफू निकट नेता तथा सांसदको बैठकलाई सम्बोधन गर्ने क्रममा आफुले नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य भएको बताए ।
‘पार्टी सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा अल्पमत र बहुमतको खेलमा लागेर अविश्वासको प्रस्ताव दर्ता गर्ने खेलमा लाग्नुभयो ।’ उनले भने
अर्कै प्रयोजनका लागि लिईएको हस्ताक्षरको दुरुपयोग गर्नेदेखि सभामुखले पनि साढे ३ बजे आएको अविश्वासको प्रस्तावलाई साढे १० बजेको समयमा दर्ता गरेर कीर्ते काम गरेको आरोप उनले लगाए ।
पार्टीको पहिलो अध्यक्ष र संसदीय दलको नेता आफू भएको भन्दै उनले अरुले बैठक बोलाउन नमिल्ने बताए । उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको भन्दै ओलीले भनेका थिए, ‘अहिले ६० प्रतिशत भएको एमालेको अध्यक्षलाई कारबाही गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जग हसाउने प्रहसन गर्दै हुनुहुन्छ ।’





















प्रतिक्रिया