Logo

राजनीति

दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी



सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्‍नो अनुकुल हेरेर आजै अध्यादेश जारी गर्ने तयारी गरेका हुन् ।

राजनीति दलसम्बन्धी ऐन २०७३ मा केन्द्रीय समिति र संघीय संसद्‍का भन्‍ने शब्दहरुको सट्टा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशत सदस्य वा त्यस्तो दलको संघीय संदद्‍को संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्यले एकै पटक भन्‍ने उल्‍लेख छ ।  पार्टी फुटाउन ४० प्रतिशत संख्या नपुग्‍ने भएपछि ओलीले अध्यादेश जारी गर्ने तयारी गरेका हुन् ।

केन्‍द्रीय समितिमा ४० प्रतिशत अपुग भएपछि आफुसँग जति हुन्छन् त्यसैलाई हेरर अध्यादेश जारी गर्ने तयारी गरेका छन् । पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ओली समूहको ४० प्रतिशत सदस्य नपुग्‍ने देखिन्छ । संसद विघटन भइसकेको परिस्थितिमा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन नसकेको खण्डमा विभाजन होइन कि चोइटिएको पार्टी’ मात्र बन्‍नेछ र निर्वाचन आयोगबाट बैधता प्राप्त गर्ने छैन । बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको केन्द्रीय समितिको बैठकमा कति सदस्य सहभागी हुन्छ त्यसैलाई आधार मानेर अध्यादेश जारी गर्ने ओली निकट एक मन्त्रीले जानकारी दिए । उनका अनुसार ४० बाट घटाएर २५ वा ३० प्रतिशत हुने गरी अध्यादेश ल्याउने तयारी छ ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ११:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।