Logo

राजनीति

‘जसपा’ले पौष ८ गते देशभर प्रधानमन्त्रीको हर्कत बिरुद्ध बिरोध प्रदर्शन गर्दै: डा. भट्टराई



नेपाल संघिय जनता समाजवादी पार्टीले पौष ८ गते प्रधानमन्त्री ओलीले गरेका हर्कतका बिरुद्ध सबै जिल्ला सदरमुकामहरुमा बिरोध प्रदर्शन गर्ने भएको छ । 

गत पौष ६ गते पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उक्त कार्यक्रमको घोषणा गरेको जानकारी दिएका छन् । त्यस्तै थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्ने उदेश्यका साथ मंगलबार पौष ७ गते केन्द्रिय समितिको बैठक बोलाएको समेत बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले भनेका छन्, “जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिक/अलोकतान्त्रिक/प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पौष ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोळाइएको छ” ।

Capture.JPG

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १२:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।