प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् । यस्तै, बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।
पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ ।
महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथ्रहण गराइएको केन्दीय सदस्य माधव ढुंगेलले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।
अध्यक्ष ओली प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




















प्रतिक्रिया