Logo

राजनीति

ओली समूहले भन्योः  “हामी वैधानिक हौ ”



नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गर्दै  प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने वताएको छ । 
मंगलवार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठक  सकिएपछि प्रवक्ता  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  भने, हामी वैधानिक हौ , ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ?’पार्टी विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ ।

यस्तै ओली समुहको वैठकले  पार्टी एकता कायम राख्ने र कसैलाई पनि कारबाही नगर्ने , आगामी मंसिर  २ गते महाधिवेशन गर्ने र  सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।