Logo

राजनीति

संसद जिउँदो छ भन्दै सर्वोच्च पुगे ४ सांसद, ९० जना नै किन गएनन् ?



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चिढिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सर्वोच्च अदालतमा रिट हाल्न पुगेका छन् । प्रतिनिधिसभा (संसद) बिघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।

अवैधानिक तरिकाले संसद बिघटन गरिएको भन्दै ९० जनाको हस्ताक्षर संकलन गरेर ९० जनाले नै रिट दायर गर्ने भनिए पनि ४ सांसदले मात्र दायर गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेको बुझिएको छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी भएता पनि सबैको नागरिकता लगायतका आवश्यक डकुमेन्ट भेला गर्न गाह्रो भएकाले चार जनाले मात्र रिट दिएको श्रोतले बतायो ।

 

 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।