प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि यतिबेला अब के हुने भनेर सर्वत्र चासो छ । यस्तैमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पनि आफ्नो धारणा तय गर्न बैठक बसेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ ।
आजको बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम अधिनायकवादी र असंबैधानिक भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा विषय प्रवेश गराउँदै देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक र अधिनायक आकांक्षाबाट प्रेरित सर्वसत्तावाद उन्मुदख रुहेको उललेख गरे । साथै सभापति देउवाले यस्तो बेलामा सम्यमतापूर्वक अघि बढेर कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने बताए ।
देउवाले जारी केन्द्रीय समितिको बैठकमा सबै सदस्यको कुरा सुनेर निर्णय लिइने पनि बताएका थिए । बैठकमा आफ्ना धारणा राख्दै नेता रामचन्द्र पौडेलले अहिले देखिएका परिदृष्य फरक स्वरुपमा आएको हुन सक्ने आंकलन गर्दै अहिले कांग्रेस बरालिन नहुने बताए । सभापति देउवातिर ईंकित गर्दै नेता पौडेलले काँग्रेसका कोही पनि सत्ताको लोभमा नपर्न चेतावनी दिएका थिए ।
आजको बैठकमा देउवा र पौडेलका अलावा केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए । ओेलीको असंवैधानिक कदमसँग कुनै तहको सम्झौता गर्न नहुनेमा जोड दिए पनि अन्य नेताहरुले भने चौतर्फी घेराबन्दी हुँदा ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए । काँग्रेस केन्द्रीय समितिको अर्को बैठक भोली बुधबार दिउँसो १ बजे पुन बस्नेछ ।




















प्रतिक्रिया