Logo

राजनीति

कम्युनिष्टहरुलाई सँधैका लागि कोरोना लाग्यो, अब मास्क खोलेर जनता सामु जान सक्दैनन्



नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपालका कम्युनिष्टहरुलाई सँधैका लागी कोरोना लागेको भन्दै व्यंग्य गरेका छन् । आज मंगलबार नवलपरासी जिल्लाको कावासोती नगरपालिकामा प्रजातन्त्र सेनानी स्व. निम प्रसाद धरेलको श्रद्धाञ्जलीका लागि आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

“कम्युनिष्टहरुलाई सँधैका लागी कोरोना लाग्यो, अब मास्क खोलेर जनतासामु जान सक्दैनन्” खतिवडाको भनाई रहेको थियो । २०५१ सालदेखि आजसमम आउँदा कम्युनिष्टहरुले जनताको मत र बिस्वासको खिल्ली उडाएको जिकिर उनको थियो । 

“२०५१ सालमा मनमोहनको नेतृत्वलाई जनताले स्विकार गरेकै हो त्यसपछि बहुदलभरी बिस्वास गर्ने बातावरण भयो ? २०६४ सालमा व्यवस्था नै परिवर्तन होला भन्ने बिस्वासले जनताले प्रचण्डको नेतृत्वको पनि परिक्षा गरे तर कम्युनिष्टहरुले संबिधान बनाउँने होईन, प्रधानन्यायाधिसलाई सत्ता जिम्मा लगाएर जनतालाई झुक्याए । जब नेपाली काँग्रेसलाई जनताले २०७० सालमा बिस्वास गरे, तब नेपाली काँग्रेसले दुई वर्षमै संबिधान बनाएर देखाएका होईनौं ?” खतिवडाले स्मरण गराए ।

ठुलै फुर्तीफार्ती लगाएपछि २०७४ सालमा जनताले कम्युनिष्टलाई भारी मत दिए पनि उनीहरुले त्यसको सदुपयोग गर्न नसकेर दुरुपयोग गर्दै भ्रष्टाचार गरेर देशलाई खोक्रो पारेको उनले बताए । २०१७ सालमा राजा महेन्द्रले संबिधानको बलात्कार गरे झैं अहिले संबिधानमै नभएको अधिकार प्रयोग गरेर केपी ओलीले संसद बिघटन गरेको भन्दै उनले आपत्ति जनाए । प्रजातन्त्रप्रेमी सबै जना मिलेर अब ओलीको निरंकुशता विरुद्ध लड्नुको बिकल्प नभएको भनाई खतिवडाको थियो ।  
 
कृष्ण प्रसाद धरेलको बुवा बितेको १३ औ दिनमा प्रतिज्ञा गरुम् भनदै नेता खतिवडाले यो काङ्ग्रेस त्यो काङ्ग्रेस होइन हिजो कसैले गल्ती गरेको छ आफ्नो गल्तीको स्वीकार गर्दै मिलाएर संग संगै र साथ साथै हिंड्न पर्नेमा ध्यानाकर्षण समेत गराए । 

 

प्रकाशित मिति : पुष ७, २०७७ मंगलबार  ६ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।