Logo

राजनीति

नेकपा प्रशिक्षणमा खटिए नेता, कुन-कुन नेताले कहाँ कहाँ प्रशिक्षण दिने ?



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ ।

केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका मनोनीत केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई आज र भोलि(बुधबार र बिहीबार) राजधानीमा प्रशिक्षण दिन थालेको हो । प्रशिक्षणका लागि नेकपाले विभिन्न नेतालाई खटाएको छ । 

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, “सातै प्रदेशका केन्द्रीय सदस्यलाई विभिन्न स्थानमा प्रशिक्षण दिन थालिएको छ । सोअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे,

त्यस्तै, प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो रहेका छन् । 

यता वाग्मती प्रदेशमा पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याल छन् भने गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ, ज्ञवालीले भने ।

उता, लुम्बिनी प्रदेशमा पार्टी महासचिव विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, थापा र गोमा देवकोटा रहेका छन्, भने कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यको टोलीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

अनि सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेले प्रशिक्षण दिने बताईएको छ ।

मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले एक हजार १९९ केन्द्रीय कमिटी बनाएको थियो । तिनमध्ये ५५६ जनालाई मङ्गलबार नै केन्द्रीय कमिटीमा मनोनयन गरिएको थियो ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार १२:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।