सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी रिट निवेदनहरुलाई संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले बुधबार विघटन सम्बन्धमा परेका एक दर्जन रिटहरुमाथि सुनुवाइ गर्दै शुक्रबार गठन हुने संवैधानिक इजलाशमा पठाउने आदेश गरेको गरेको हो।
प्रधानन्यायाधीश राणाले संसद विघटन सम्बन्धी विवाद गम्भीर संवैधानिक व्याख्याको भएको भन्दै संवैधानिक इजलाशमा पठाएका हुन्। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा सहित अन्य चार जना न्यायाधीश हुनेछन्। अहिले संवैधानिक इजलाशमा १० न्यायाधीशको रोस्टर रहेको छ। राणाले तीमध्येका चार न्यायाधीश सुनुवाइका लागि छान्नेछन्।
प्रतिक्रिया