श्रीमान श्रीमती एउटै रथका दुई पांग्रा हुन् । प्राय: श्रीमान जुन पार्टीमा भयो श्रीमती पनि त्यहि पार्टीमा हुनपर्छ भन्ने त छैन तरपनि प्राय एउटै पार्टीको समर्थन हुने गरेको सुन्निछ ।
यसैबीच भारतमा भारतीय जनता पार्टी (बिजेपी) का नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल आफु बिपरित अर्कै पार्टीमा प्रवेश गरेको भन्दै उनीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार सुजाता तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी हुन् । उक्त कार्य आफुलाई मन नपरेको तथा चित्त नबुझेको भन्दै सांसद खानले पत्नी सुजताले गरेको निर्णयप्रति आफ्नो असहमति रहेको भन्दै आजैका मितिदेखि उनीसँग सम्बन्ध बिच्छेद गरेको घोषणा गरेका हुन् ।
गत सोमबार आयोजित पत्रकार सम्मेलनमा खानले भने, ‘यहाँका हजारौं नागरिकले मलाई भोट दिएका छन्, पार्टीप्रति मेरो महत्वपूर्ण दायित्व छ । म पार्टीका लागि लड्छु ।’ तर आफ्नै घरको सदस्य मेरी श्रीमती म बिपरित गइन तसर्थ मा अलग्गिएको हुँ । उनले भने, तृणमूल कांग्रेसलाई आफुले कुनैपनि हालतमा पराजित गर्ने छु । पार्टीको लागि श्रीमती त्यागे भने अबदेखि आमाबुबा बाहेक आफ्ना कोही नभएको समेत बताए ।
सांसद खानले सोमबार भने, ‘सुजाता आज तिमीविरुद्ध म सम्बन्ध विच्छेदको निवेदन दिदैछु, आजदेखि तिमीलाई छाड्दै छु र हाम्रो बाटो अलग भएको छ ।
प्रतिक्रिया