Logo

समाचार

राजनीतिमा लाग्नुभन्दा बरु कलाकारितातिर लाग्नु पर्नेरहेछ -प्रचण्डको ठट्टा



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, यो राजनीतिमा लाग्नु भन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ भन्ने लागेको भन्दै ठट्टा गरे । उनले भने,‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’

प्रकाशित मिति : माघ १६, २०७५ बुधबार  १ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।