Logo

राजनीति

रामेछापका ४ दर्जन बढी युवा कम्युनिस्ट पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश 



कम्युनिस्टको गढ मानिएको रामेछाप जिल्लाका ४ दर्जन बढी युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले बिहीवार काठमाडौंको बानेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा रोशन बुढाथोकीको नेतृत्वमा हिरा श्रेष्ठ, कृष्ण श्रेष्ठ, सुजन मोक्तान, कृष्णहरी खड्का लगाएत ६३ जना युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको नेविसंघ कांग्रेसका युवा नेता रत्नहरि ढुंगेलले जानकारी दिए ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टी सदस्यता प्रदान गरेका थिए । जिल्ला सभापति लवश्री न्यौपाने, पूर्व सभापति रामचन्द्र खड्का लगाएतले स्वागत गरेका गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ कुनैदिन पनि कांग्रेस प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप हुने छैन भन्दै मुलुकको सबै समस्याको समाधानको नाम नै नेपाली कांग्रेस भएको बताए ।

मन्तव्यको अधिकांश समय केपी ओलि नेतृत्वको सरकारको आलोचना गरेका नेता पौडेलले प्रतिनिधि सभा विघटनको भूललाई अदालतले सच्याउनु पर्ने धारण व्यक्त गरे ।

 

प्रकाशित मिति : पुष ९, २०७७ बिहीबार  ४ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।