Logo

प्रमुख समाचार

मानव अधिकारवादी प्रहरीको नियन्त्रणमा



सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतबीच भएको सहमतिको विरोधमा सिहंदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले बुधबार दिउँसो सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ’११ बुँदे नौटंकी, अपराधजन्य सहमति’, ’नेपाल आमा जिन्दावाद’, ’सर्वभौमसत्तामाथि प्रहार बन्द गर’ जस्ता प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

विखण्डनकारी अभियान परित्याग गर्ने सहमति भनिएपनि सम्झौताको बुँदा नम्बर दुईले राष्ट्रिय अखण्डतामा प्रहार गरेको नागरिक अगुवाको दाबी छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।