सिंहदरवार परिसरभित्र अत्यन्त लोकप्रिय मानिएको कांग्रेस संसदीय दलको कार्यालयमा रहेको क्यान्टिन बन्द गर्ने तयारी सरकारले गरेको छ। यसैगरी सरकारले अन्य मन्त्रालय तथा कार्यालयमा रहेका क्यान्टिनहरु पनि खाली गर्ने तयारी गरेको छ।
सरकारले अब सिंहदरबारमा ४ वटा मात्र क्यान्टिन राख्ने योजना बनाएको छ। सिंहदरबारमा क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो दिएको स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिहंदरवार संघीय सचिवालय व्यवस्थापन कार्यालयले सिहंदरबार भित्रका क्यान्टिन खाली गर्ने तयारी गरेको छ।
सचिबालयले अहिलेसम्म सिंहदरबार भित्रका ७ वटा क्यान्टिन बन्द गरीसकेको छ भने अन्य क्यान्टिन पनि क्रमश बन्दै गर्दै जाने सचिवालयले योजना बनाएको छ। सम्बन्धित मन्त्रालय-कार्यालयबाट टेण्डर प्रक्रिया गरी कानुनी रुपमा स्विकृत लिएका क्यान्टिनहरु पनि स्विकृति लिएको समय अवधि सिद्धिने वित्तिकै खाली गर्ने निर्णय सचिबालयले गरेको छ। स्विकृति नलिएका सबै क्यान्टिन एक हप्ता भित्रै खाली हुने सचिबालयका कर्मचारीहरु बताउछन्। सो क्रममा अहिलेसम्म ७ वटा क्यान्टिन खाली भइसकेको उनीहरुको भनाइ छ।
सचिवालय व्यवस्थापन कार्यालयका अनुसार सिंहदरबार परिसरभित्र अब ४ वटा मात्र क्यान्टिन राख्ने गरी तयारी भएको छ । हाल खाली गरिएका ७ वटा क्यान्टिनहरुमा कृषि तथा पशुपंछी विकास, कानुन न्या तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना र शिक्षा मन्त्रालयमा रहेका क्यान्टिन बन्द भएका छन् । यसैगरी पर्यटन तथा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय परिसरमा खोलिएका क्यान्टिन बन्द भइसकेका छन् । यसैगरी महिला तथा वालबालिका मन्त्रालय परिसरमा खोलिएको क्यान्टिन पनि बन्द भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिहंदरबारमा मन्त्रालय-कार्यालय पिच्छे क्यान्टिन राख्दा सम्बन्धित कार्यालयका कर्मचारी क्यान्टिनमा बढी व्यस्त हुने, त्यस्ता क्यान्टिनमा दलाल विचौलियाहरु हावी हुने, क्यान्टिनमा सरकारी कर्मचारी र दलालहरुवीच घुसको बार्गेनिङ हुने सरकारको बुझाइ छ ।
तर सिंहदरबार भित्रका एक क्यान्टिन सञ्चालक भन्छन, ‘सिहंदरबारभित्रका क्यान्टिन बन्द गरेर भ्रष्ट्राचार रोक्ने सरकारको नीति हावादारी र हास्यसपद हो ।’ उनी भन्छन, ‘सिहंदरबार बाहिर गरेर पनि कर्मचारी र दलालवीच घुसको बार्गेनिङ हुन सक्छ।’
कार्यालय प्रयोजनकोलागि तयार भएका भवनमा क्यान्टिन बनाउँदा त्यसबाट कार्यालयको संरचना नै विग्रने भएकोले त्यस्ता क्यान्टिन बन्द गर्नु परेको सचिबालयको भनाइ छ । प्रधानमन्त्री कार्यालयको भनाइ अनुसार स्वकृति नलिइ मन्त्रालय पिच्छे खोलिएका क्यान्टिनमा फोहर हुने र सुरक्षाको कारणबाट पनि समस्या आउन सक्ने स्थिति देखिए पछि क्यान्टिन बन्द गर्नु परेको हो ।
सिंहदरबार व्यवस्थापन सचिबालयले आागमि वर्षभित्र सिंहदरबारमा ४ वटा मात्र क्यान्टिन राख्ने तयारी गरेको छ । जस अनुसार सिंहदरबारमा केन्द्रिय क्यान्टिन (सर्भिस सेण्टर), संघीय संसद् सचिवालय परिसरमा खोलिएका क्याटिन र अर्थ मन्त्रालय परिसरमा खोलिएको क्यान्टिन राख्ने तयारी सरकारको छ । यसैगरी ४ वटा क्यान्टिन फरक फरक ठाउँमा राख्ने योजना अनुसार चौथौ क्यान्टिन उद्योग मन्त्रालय परिसरमा रहने सम्भावना रहेको सचिबालयका एक कर्मचारी बताउछन्।
ती कर्मचारी भन्छन, ‘प्रक्रियागत किसिमबाट कुनै क्यान्टिनहरुमध्ये कसैले दुइ वर्ष र कसैले तीन वर्षसम्मकोकागि टेण्डर स्विकृति लिएका छन् । त्यस्ता क्यान्टिन तत्काल बन्द गर्न सकिन्न । सम्झौता अनुसार म्याद सकिएपछि प्रक्रियागत किसिमबाट खोलिएका क्यान्टिनहरू पनि पूर्ण रुपमा बन्द हुने छन् । ’
सिंहरदवार परिसरमा सञ्चार मन्त्रालय अघि सर्भिस सेण्टरमा खोलिएको क्यान्टिनको स्विकृति सिंहरदबार सचिबालयले दिएको हो भने संसद् सचिबालय परिसरमा खोलिएको क्यान्टिनको स्विकृति संसद सचिबालयले दिएको हो । यसैगरी अर्थ मन्त्रालयबाट स्विकृति लिएर अर्थ मन्त्रालय परिसरमा क्यान्टिन खोलिएको सचिबालय स्रोतको भनाइ छ।


















प्रतिक्रिया