Logo

राजनीति

सरकारलाई व्यवस्थित बनाउन म आएँ : नवनियुक्त मन्त्री रायमाझी



सरकारले ऊर्जामन्त्री बनाउने निर्णय गरेका टोबहादुर रायमाझीले लावारिसे सरकारलाई व्यवस्थित बनाउन आफू मन्त्रीको जिम्मेवारी सम्हाल्न आइपुगेको बताएका छन्।

सरकारले ऊर्जामन्त्रीमा नियुक्त गर्ने निर्णय गरेलगत्तै रायमाझीले भने, ‘मलाई पनि अपर्झट सूचना आयो। यो मेरा लागि सुखद त होइन तर सरकारलाई लावारिस बनाएर साथीहरु सडकमा जानुभयो। सरकारलाई अव्यवस्थित बनाउने कुरा भएन। लावारिसे सरकारलाई व्यवस्थित बनाउन मलाई पनि जिम्मेवारी दिनु भएको छ। त्यो कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हुनेछ।’

उनले मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति सम्हाल्न आफू पनि सरकारमा आइपुगेको बताए । उनले भने, ‘जतिदिन सकिन्छ, सरकारलाई व्यवस्थित बनाउने काम म गर्नुे छु। बिग्रने थालेको राजनीतिलाई सिस्टममा ल्याउन म पनि पहल गर्ने छु।’

यसअघि ऊर्जामन्त्री वर्षमान पुन थिए। सत्तारुढ नेकपा विभाजन निश्चित भएपछि पुस पाँच गते उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीहरुले राजीनामा दिएका थिए।

रायमाझीसहित पाँच जना पूर्वमाओवादीका नेताहरुलाई मन्त्रीमा नियुक्त गरिएको छ। उनीहरुको शपथ शुक्रबार बेलुका साढे ६ बजेका लागि शीतलनिवासमा तोकिएको छ।

प्रकाशित मिति : पुष १०, २०७७ शुक्रबार  ५ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।