Logo

राजनीति

केपी ओलीले प्रदेशसभा पनि भंग गर्न सक्छन् : प्रचण्ड



विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगसँगको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको भन्ने आफूलाई विश्वास नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रुपमा संविधानको पक्षमा फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रचण्डले भने – कमरेड केपी ओलीले सोच्नुभएको होला म जस्तै सबै जालीझेली र सेटिङमै चल्छन् । तर उहाँ त्यस्तो भ्रममा नपरे हुन्छ । हामीले यो प्रतिनिधिसभा विघटन स्वीकार गरेका छैनौं र संसद जीवितै छ ।

आफूहरुले ओलीका सामान्य कमजोरी औंल्याउँदा संसद नै विघटन गरिदिएको भन्दै त्यस्तै सनकले प्रदेशसभा पनि भंग गर्न सक्ने बताए । प्रचण्डले भने– उहाँले प्रदेशसभा पनि भंग गर्दिन सक्नुहुन्छ । त्यसपछि उहाँ सम्पूर्ण रुपमा ध्वस्त भएर इतिहासमै कलंकित नहुन्जेल यस्ता कर्म गरिरहनुहुन्छ । यो भनेको उहाँ सफल हुने बाटो होइन ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।