नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् । कोरोना भाइरस सक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्दै आएका महामन्त्री कोइराला मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना भएका हुन् ।
उनको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ। उनको स्वास्थ्य स्थिती सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया