प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । हेरफेरमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।
त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।
यस्ता छन् ओलीका ८ नयाँ मन्त्री र एक राज्यमन्त्री
प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्त्रिपरिषदमा रिक्त ८ स्थानमा नयाँ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।
यस्तै पुराना अधिकांश मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । ओलीले शुक्रबार मन्त्रिपरिषदमा व्यापक हेरफेरसहित पुनर्गठन गरेका हुन् । ओलीले युवा तथा खेलकुदमन्त्री जगत विक र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई बर्खास्त गरेका छन् ।
ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, जलश्रोत तथा सिंचाइ, प्रभु साहलाई सहरी विकास, गौरीशंकर चौधरीलाई श्रम तथा रोजगार, मणि थापालाई खानेपानी तथा सरसफाई र दाबा लामालाई युवा तथा खेलकूदमन्त्री नियुक्त गरेका छन् । उनीहरु सबै पूर्वमाओवादी समूहका हुन् ।
यस्तै ओलीले गणेश ठगुन्नालाई सामान्य प्रशासन तथा संघीय मामिला, प्रेम आलेलाई वन तथा वातावरण, जुली महतोलाई महिला बालबालिका ताथ ज्येष्ठ नागरिक र विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री नियुक्त गरे ।
यस्तै हृदयेश त्रिपाठीलाई सामान्यबाट स्वास्थ्य तथा जनसंख्या, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकासबाट शिक्षा, विज्ञान तथा प्रविधि, भानुभक्त ढकाललाई स्वास्थ्यबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, पदमा अर्याललाई भूमि व्यवस्था तथा सहकारीबाट कृषि ताथ पशुपंक्षी, शिवमाया तुम्बाहाङफेलाई कानूनबाट भूमि सुधार र लीलानाथ श्रेष्ठलाई महिला, बकालबालिका तथा ज्ेयेष्ठ नागरिकबाट कानून, न्याय तथा संसदीय मामिलामा सरुवा गरेका छन् ।
प्रतिक्रिया