जनता समाजवादीका नेता डा. एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि सार्वजनिक कार्यक्रम समावेशी मुलक हुनु पर्नेमा जोड दिएका छन् ।
बुधबार ट्विट गर्दै डा. भट्टराईले देशको संविधान जस्तो महत्वपूर्ण बिषयमा सार्वजनिक छलफल चलाउँदा सहभागीहरू समावेसी हुनु पर्नेमा जोड दिएका छन्।
झन् आधाभन्दा बढी जनसंख्या भएका र अधिकारबाट बन्चित महिला त छुट्नै हुन्न । यसबारे मैले आयोजकहरूको ध्यानाकर्षण गराएको छु।आशा गरौं सच्चिनेछ। नत्र आफु सहभागी नहुने सार्वजनिक जानकारी गराउँदछु भन्दै ट्विटमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया