नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । प्रतिनिधिसभा बिघटनमा आफ्नो समर्थन नभएको सन्देशसहित गौतम प्रचण्ड निवास पुगेको बताईको छ ।
शनिबार बिहान प्रचण्ड निवासमा दुई नेताबीच एक घण्टा भन्दा बढी समय गफगाफ भएको छ । उक्त गफगाफका क्रममा अध्यक्ष प्रचण्डले आफ्नो समूहमा स्पष्ट खुलेर आउँन गौतमलाई अनुरोध गरेका थिए । प्रचण्डको अनुरोधको जवाफ दिदै उपाध्यक्ष गौतमले संसद पुनर्स्थापना आफ्नो पनि सर्त भएकोले केही समय सोच्न बाध्य भएको बताएका थिए ।
गौतम आफ्नो निवासमा आएर छलफल गरेपछि प्रचण्ड नेपाल पक्ष उत्साहित देखिएको खुमलटार श्रोतले बताएको छ ।
प्रतिक्रिया