Logo

राजनीति

ओली बारे भीम रावल : राजिनामा दिनु पर्नेमा निरंकुश बनेर लोकतन्त्रको खिल्ली उडाए



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निशंकुश शासक बनेको आरोप लगाएका छन् । पछिल्लो समय प्रचण्ड–नेपाल पक्षको खेमामा रहेका नेता रावलले ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषदको बिस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका हुन् । 

आज बिहानै आफ्नो ट्वीटरमा ट्विट लेख्दै उनले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्मादन आफैं पर्दाफास गरेको उल्लेख गरेका छन् । देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई संविधान र लोकतन्त्रको खिल्ली उडाई रहेको उनले लेखेका छन् ।

रावल लेख्छन  :

देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन् । आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन् ।

 

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  १ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।