नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन् ।शनिबार सिन्धुलीको कपिलाकोट आमसभालाई सम्बोधन गर्न सिन्धुली पुगेका वरिष्ठ नेता पौडेलले पत्रकार भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन् ।
शुक्रबार साझ नै सिन्धुली पुगेका पौडेलले शनिबार बिहान नेपाल प्रेस युनियन सिन्धुली शाखाले सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कम्युष्टि सरकारबाट लोकन्त्र खतरामा रहेकोले अब कांग्रेस एक ढिक्का भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
आज हुन गइरहेको आम सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य चर्चित युवा नेता गगन कुमार थापा, युवा नेता चन्द्र भण्डारी र नेता श्याम घिमिरे लगायतकाले सम्बोधन गर्ने कार्यक्रम रहेको सिन्धुलीबाट नबिनबाबु अधिकारीले अनलाइनपाना डटकमलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया