तत्काली नेकपा (माओवादी केन्द्र) का कोषाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफ्नो कित्ता क्लियर गर्ने तयारी गरेका छन् । नेकपाको फूटपछि मन्त्री पदको लागी बालुवाटार गए भन्ने आरोप लागेपछि त्यसको बचाउमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो संकेत गरेका हुन् ।
आज काठमाडौंको नयाँ बानेस्वरमा पत्रकारहरुसँग कुरा गर्दै गजुरेलले आफूले गुटबन्दी नगर्ने बताए । उनले विगतमा आफूले पार्टी एकताको लागि भूमिका खेल्दा अनावश्यक आरोप लगाइएको पनि गुनासो गरे ।
बिगतको आफ्नो भूमिका स्मरण गर्दै गजुरेलले आफूले ठूलो जोखिम मोलेर पार्टी एकता जोगाउँन लागि परे पनि सफल हुन नसकेकोमा दुख लागेको बताए । “ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको थिएँ । तर सफल हुन सकिएनु, फेरि पनि पार्टी एकतामै जोड दिन्छु पार्टी एकता भएन भने त्यसले अहिलेसम्मका उपलब्धि गुम्छ । हामीले पार्टीलाई एक राख्न सकेनौं । देश विदेश तथा नेताहरू कै कारणले पनि यो अवस्था आइपुग्यो ।” गजुरेलले बताए ।
उनले आफू ओली समूहतिर कहिल्यै नगएको पनि दावी गरे । “म कतै गएको पनि छैन आएको पनि छैन । हिजो जहाँ थिए त्यहीँ छु । समान दुरीमा बसेर मैले एकता जोगाउन लागेँ । दुबै अध्यक्षको आलोचना र कमिकमजोरीलाई मैले केलाउने काम गरेको हुँ । अस्ति प्रचण्डले फोन गरेर भन्नुभयो मैले तपाईँलाई त्यति कै आशंका गरेको रहेछु । मैले एक अर्को अध्यक्षलाई भेट्दा मैले प्रष्ट रूपमा सबैलाई उनीहरुको कमजोरीका बारेमा भनेको थिएँ । म अब पनि गुटबन्दी त गर्दिनँ । अब म एकपटक प्रचण्डससँग गम्भीर रूपमा कुराकानी गर्ने तयारीमा छु । आज भेट्न जाँदै पनि छु । उहाँसँग आज गम्भीर रुपमा मैले कुरो गर्दैछु । म एक पटक पार्टी एकतालाई नै केन्द्रमा राखेर प्रचण्डसँग कुरा राख्छु, सकेसम्म फेरि एक पटक मिल्न र कम्युनिष्ट एकता जोगाउँन दवाब दिन्छु” । गजुरेलको भनाई रहेको थियो ।
गजुरेलले प्रचण्डले आफूलाई सभामुखका लागि अफर गरेको स्मरण गर्दै तर आफूलाई कुनै पद नचाहिएको बताए । तर पार्टी एकतालाई जोड दिँदै पहल गर्दा आफूमाथि बालुवाटारमा मन्त्री खान गएको आरोप लगाइएको भन्दै असन्तुष्टि पोखे ।
प्रतिक्रिया