रुकुम (पूर्व) जिल्लामा तरुण दलका नेता नन्दबहादुर विष्टलाई झुठ्ठा मुद्धा लगाएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति जारी गरेर राजनीतिक प्रतिशोधन राखी पूर्वाग्रही ढंगले झुठ्ठा मुद्धा लगाएको दाबी गरेका छन् ।
रुकुम (पूर्व) जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ निवासी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दल जिल्लाका पूर्वअध्यक्ष तथा श्री त्रिभुवन जनता माध्यामिक विद्यालय, मुसिकोट खलंगा, रुकुम (पश्चिम)को विद्यालय व्यवस्था समिति सदस्य नन्दबहादुर विष्टलाई राजनीतिक प्रतिशोध राखी पूर्वाग्रही ढंगले ‘‘सार्वजनिक हित, स्वस्थ्य, सुरक्षा, सुविधा र नैतिककता विरुद्धको कुसर’’ जस्तो झुट्टा मुद्दा लागएको प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको प्रमुख सचेतक खाँणले जनाएका छन् ।
यस्ता प्रतिशोध प्रेरित झुट्टा मुद्दा लगाई राजनैतिक कार्यकर्ता, नेता तथा सर्वसधारणलाई दुःख दिने कार्यले लोकतन्त्रको मर्म तथा भावनालाई समेत चोट पुर्याउने कार्य भएको कांग्रेसले जनाएको छ ।
‘सरकारले कानूनी शासनको उपहास गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ उहाँ माथि लागाइएको झुट्टा मुद्दा अविलम्ब खारेज गरी नेपालको संविधानले प्रदत्त गरेको मौलिक हकको संरक्षण गर्न समेत आग्रह गर्दछु ।’
नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई कम्युनिस्ट सरकारले मुद्धा लगाएर दुःख दिने कार्य गरिरहेका बेला रुकुम (पूर्व)मा नेपाल तरुण दलका नेतामाथि गरिएको यो कार्यको खाँणले विरोध गरेका हुन् ।
प्रतिक्रिया