Logo

प्रमुख समाचार

रातिराति देउवा किन बालुवाटार छिर्छन ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आजकाल प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लो आवातजावत गर्न थालेका छन् ।

राजनीतिक रुपमा प्रधानमन्त्रीको कदमको विरोध गर्दै आएको कांग्रेस सभापति देउवाको भूमिकाबाट भने उनकै पार्टीका प्रभावशाली नेताहरु सशंकित बनेका छन् । खासगरी वाईडबडी प्रकरणका कारण देउवा ओलीसँग नजिकिएका छन् ।

उक्त प्रकरणमा देउवाको पनि नाम मुछिएको थियो । तर, देउवाले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । पछिल्लो समय ओलीसँग मिल्ने देउवाको रणनीति छ । त्यही भएर नरम प्रतिपक्षीको भूमिकामा देउवा उत्रिएका छन् ।

स्रोतकाअनुसार संवैधानिक परिषदको बैठकमा देउवा आफैं नगएका हुन् । स्रातले भन्यो,‘सरकारले प्रतिपक्षलाई बेवास्ता गर्यो भनेर देउवाले भन्नु भनेको त बहानामात्रै हो, देउवाको बैठक बहिष्कार गरेर भित्रि रुपमा ओलीलाई समर्थन गर्ने रणनीति छ ।’ पछिल्लो समय देउवाको बालुवाटारमा आवातजावत बाक्लिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ११:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।