Logo

राजनीति

एमसिसी नेपालको पक्षमा: उर्जामन्त्री



नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरेकाछन् ।

आइतबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री रायमाझीले एमसिसी पास गरेर त्यसवाट फाइदा लिनुपर्ने बताए ।

उनले ऊर्जामा अझै पनि आत्मनिर्भर हुननसकेपछि पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेको भन्दै ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताए । मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

यस्तै, मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना र सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।