झण्डै दुई तिहाई नजिकको बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-माधव नेपाल समूह एकले अखर्का विरुद्ध आक्रामक बनेका छन् । अेली समूह सत्ताको प्रयोगबाट आक्रामक छ भने प्रचण्ड-माधव समूह सडकबाट ओलीलाई गलाई छाड्ने रणनितीमा छ ।
आफ्नो पकड भएका प्रदेशहरुमा मुख्यमन्त्री विरुद्ध धमाधम अविस्वासको प्रस्ताव ल्याउँन थालेको प्रचण्ड-माधव समूहले जिल्लाव्यापी भेलाहरु समेत आयोजना गर्न थालेको छ । यस्तो बेलामा प्रधानमन्त्री ओलीले भने आफू माताहतमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई सक्रिय गराएका छन् ।
ओलीले प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध गुप्तचर संस्थाको रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई सक्रिय गराएर उच्च निगरानी गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि विभागले तीन नेताहरुका गतिविधिमा निगरानी बढाएको छ ।
सत्तारुढ नेकपामा बिवाद बढेपछि यसअघि पनि विभागले प्रचण्ड र नेपालको गतिविधिको निगरानी गर्न उनीहरुका निवास वरपर निगरानी बढाएको थियो भने पार्टी नै बिभाजन भएपछि तीन नेताले गर्ने गरेका गतिविधि र उनीहरुका भेटघाटका सूचना संकलन गरेर बालुवाटारमा रिपोर्ट पेश गर्न निर्देशन दिएको बुझिएको छ ।
सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर र उनीहरु संलग्न हुने सम्भावित भेलास्थल वरपर खटिएका छन् ।
आफ्नो गतिविधिको बारेमा एउटा सूचना पनि नचुहाउँन निर्देशन दिएका प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूह आफू विरुद्ध अझ आक्रामक भए पक्राउ गर्नेसम्मको निर्देशन दिएका छन् ।
प्रतिक्रिया