Logo

राजनीति

सरकारलाई सडकबाटै तह लगाउँछौ : काङ्ग्रेस नेता नविन्द्रराज जोशी



 पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । राजधानी बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन् ।

“कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” जोशीले भने, “सरकार संसदबाट भाग्यो,संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो। बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ,हेक्का रहोस् ।

उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए ।“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।” त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडिबढ्ने बताएका छन् ।

जनतालाई ऋणको भारी बोकाउँदै ,आफू यति र ओम्नीको भारी बोक्ने सरकार जनताको सरकार नभइ गिरोहको सरकार रहेको आरोप लगाए । उनले सबैको आखाँ सर्वोच्चतिर रहेको न्यायमूर्तिले संविधान र कानून अनुसार फैसला सुनाउनेमा विश्वस्त रहेको समेत बताएका थिए ।

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ८ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।