वरिष्ठ पत्रकार कुसुम कुसुमले सामाजिक सञ्जाल फेसबुकमा ‘मौन’ शिर्षक नागरिकता विधेयक मुद्धामा आफ्नो विचार पोष्ट गरेका छन् ।
अहिले बहसको विषय बनेको नागरिकता विधेयकलाई लिएर सामाजिक सञ्जालमा उनले यसरीे लेखेका छन्,खगेन्द्र संग्रौला, लोकराज बराल, सिके लाल, बाबुराम भट्टराई, विजयकुमार पाण्डे, सुधीर शर्मा, गगन थापा, प्रदीप गिरीलगायतका आफुलाई दिग्गज, बिद्वान, जान्नेसुन्ने र हरेक कुरामा बिग टक दिन पछि नपर्नेहरु अचेल नागरिकता विधेयक मुद्दामा भने तैं चुप मै चुप छन् ।
नागरिकता विधेयक र धमाधम वंशजका आधारमा भारतीयलाई नागरिकता बाँडने षडयन्त्रविरुद्ध यी स्वनामधन्य मनुवाहरु किन बोलीरहेका छैनन् ?
अहो, एकाध भिमार्जुन आचार्य, सुरेन्द्र केसी, साध्यबहादुर भण्डारी र भरत दाहालहरु नेपालीलाई अल्पमतमा पार्ने षडयन्त्रको विरुद्ध बोल्दैमा के हुन्छ र ? यहाँ सबको मुखमा ताला लागेको छ ।
नेपाललाई हाकाहाकी फिजी बनाउने चलखेल भइरहेको बेला चुईंक्क नबोल्ने, लैनचौरतिरका ख्वामीत रिझाउन ‘सेफ जोन’मा बस्न रुचाउनेहरुले अन्य तपसीलका विषयमा टिभी र पत्रिकामा ओभर स्मार्ट हुनुको के तुक ? तपाइहरुको बुद्धी, अनुभव, ख्याती यदि देशको रक्षामा उपयोग हुन सक्दैन भने त्यो फजुल हो । यस्तै बेलामा हो, कसको पानी खाने मुहान कहाँ रहेछ भनेर बुझ्ने ।


















प्रतिक्रिया