Logo

अन्तर्राष्ट्रिय

प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप लागेपछि…..



भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले नै यौन उत्पीडनको आरोप लगाएकी हुन् ।

शनिबार नै तीन न्यायाधीशको बेञ्च बसेको छ । गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा अवकासको मितिबारे छलफल भएको बताइएको छ ।

प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताएका छन् ।

आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ । उनको दाबी छ कि यदि न्यायाधीशले यस्तो स्थितिमा काम गर्नुपर्‍यो भने राम्रो मानिस यो अफिसमा आउने छैनन् ।

बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुप्रिम कोर्टका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको छ ।

भारतको सुप्रिम कोर्टले प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे रिपोर्टिङ गर्दा संयम र समझदारी कायम राख्न आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ११:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।