Logo

राजनीति

ओलीसंग मिलेर जान दाहाल-नेपाल समूहलाई चिनियाँ टोलीको सुझाव



उत्तरी छिमेकी मुलुक चीनले नेकपालाई मिलाउन हर सम्भव प्रयास गरिरहेको छ । चिनियाँ उच्च टोलीले नेकपाका नेताहरुलाई भेटेरै फेरि मिल्ने ठाउँ छ कि छैन भनेर बारम्बार सोधेको छन्।

दुबै गुटका नेताहरुलाई पालैपालो भेट गरेको चिनियाँ उच्च टोलीले कसरी मिल्न सकिन्छ भनेर नेताहरुको धारणा बुझने कोशिस गरेको थियो ।

दाहाल(नेपाल गुटले ओली सच्चिएर आएको खण्डमा मिल्न सक्ने सम्भावना रहेको चिनियाँ टोलीलाई बताएका थिए ।तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपीशर्मा ओलीले संसद विघटन गर्नुपर्ने कारणका बारेमा उच्च टोलीलाई बेलिविस्तार लगाएपछि उनीहरु पनि ओलीको कुरामा केही कन्भिन्स् भएका हुन् कि भन्ने देखिएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई त टोलीले भेटेरै सम्भव भएसम्म ओलीसँग मिलेर जान सल्लाह नै दिए । तर ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान दाहालले चिनियाँ टोली समक्ष राखेका हुन् ।प्रचण्ड र नेपालले आफूहरुले अन्तिमसम्म एकताको पहल गरेको तर, प्रधानमन्त्री ओलीले संविधानमाथि नै प्रहार गर्दा यो अवस्था आएको बताएका छन् ।

बढी नेताहरुकै कुरामात्रै सुनेका चिनियाँ विशेष टोलीले नेकपा नेताहरुलाई पार्टी एकतालाई कायम राख्न सुझाव दिए ।राष्ट्रपति,प्रधानमन्त्री,सभामुखदेखि नेकपाका शीर्ष नेताहरुसँग भेट गरेको चिनियाँ टोलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासँग मंगलबार भेट्ने बुझिएको छ ।

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  १ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।