Logo

राजनीति

उखु किसानकाे आन्दोलन स्थगित



काठमाडौंको माइतीघर मण्डलामा आन्दोलतरत उखु किसानको आन्दोलन स्थगित भएको छ।

सोमबार सरकारसँगको चार बुँदे सहमितपछि किसानहरूले आन्दोलन स्थगित गरेका हुन् । सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउन पहल गर्ने सहमति पनि भएकोछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार तीन साताभित्र बक्यौता रकम भक्तानी दिलाउने सम्झौता गरेपछि किसानले आन्दोलन स्थगित गरेका हुन्।  मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले तीन साताभित्र  उखु किसानको रकम भुक्तानी दिलाउने सम्झौता भएको जानकारी दिए।

 ‘बाँकी अनुदानका विषयमा समेत थप अध्ययन गर्ने सम्झौताअनुसार किसानले तत्काललाई आन्दोलन स्थगित गर्ने हुनुभएको छ,’ उनले भने। चिनी उद्योगीलाई बिक्री गरेको उखुको रकम समयमा नपाएपछि उखु किसान दुई साताअघि काठमाडौं आएर आन्दोलनरत छन्। गत साल पनि यही समयमा उनीहरु उखुको भुक्तानीका लागि काठमाडौं आएर आनदोलन गरेका थिए।

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  १ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।