Logo

प्रमुख समाचार

म प्रधानमन्त्री जस्तै हुँ, उपमेयरले मेरो निर्देशन मान्नुपर्छ : मेयर शाक्य



काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू महानगरको प्रधानमन्त्री जस्तै भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तरवार्तामा मेयर शाक्यले यस्तो बताएका हुन् ।

उपमेयर हरिप्रभा खड्काले आफूलाई नटेरेको उनले गुनासो गरेका छन् । आफूले दिएको निर्देशन उपमेयरले मान्नुपर्ने बताउदैँ उनले भने, “खुला मञ्चमा बनाइएका अवैध सटरबारे टुङ्गो लगाउन उपमेयर खड्गीालई जिम्मेवारी दिइए पनि काम नगरेकाले डोजर लगाउनु परेको हो, सटर बन्दै छ भन्ने थाहा पाउनासाथ उपमेयरज्यूलाई अनुगमन समितिको संयोजक बनाएर जिम्मेवारी दिएका थियौँ । उहाँले समयमै काम गरिदिएको भए अहिले डोजर लगाएर कसैको सम्पत्ति नाश हुने थिएन ।” शाक्यले भने ।

आफू अभिभावक भएकाले सबै कामको नेतृत्व आफूले गर्ने भएकाले शाक्यले आफूलाई प्रधानमन्त्रीसँग तुलना गरेका छन् । तर उपमेयर खड्गीले भने मेयर शाक्यले मनपरी गरेको आरोप लगाउदैँ उनको राजिनामाको माग गरेकी छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।