Logo

राजनीति

वैशाखमा चुनाव हुँदैन, ओली सरकार अबको केही दिनमै सकिन्छ: नेता पुन



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकार नेतृत्वमा नहुने पनि उल्लेख गरेका छन् ।

बुधबार गृहजिल्ला रोल्पाको लिवाङमा प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले भने, ओलीले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि असंवैधानिक रुपमा संसद विघटन गरेर राष्ट्रको संविधान र आफ्नै राजनीतिक करिअर समेत धरापमा पारेको बताए ।

उक्त कार्यक्रममा बोल्दै पुनले भने, ‘ प्रधानमन्त्रीले इतिहासको दिशालाई उल्ट्याउन खोज्नु भयो, आफ्नै क्रियाकलापले गर्दा आज उहाँको राजनीतिक जीवन नै सखाप पर्ने खतरा छ, ‘अबको दिनमा न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ न त अब  वैशाखमा चुनाव हुन्छ’। 

प्रधानमन्त्री ओलीलाई जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न पुनले सुझाव समेत दिएका छन् । ओलीले गरेको हर्कतलाई इतिहासले कहिल्लै बिर्सिन नसक्ने उनको भनाइ छ । “बेलैमा ओली नसच्चिए जनताले उनलाई बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, पुनले भने ।

नेता पुनका अनुसार मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर देशको अभिभावकत्व गुमाएको पनि उनले जिकिर गरे । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो’ राष्ट्रपतिले गलत गर्नुभयो ‘। उनले भने ।

नेता पुनले प्रचण्ड-माधव नेतृत्वको नेकपा नै वैध भएको दाबी गरे । 

प्रकाशित मिति : पुष १५, २०७७ बुधबार  १२ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।