Logo

प्रमुख समाचार

दुईतिहाइका प्रधानमन्त्री केपी ओली आश्चर्यचकित भएपछि…..



प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई बुझाएको सूचीपत्र सार्वजनिक भएपछि आफैं आश्चर्यमा परेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त पत्र ट्वीट गर्दै देशैभर विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने गरी विकास निर्माण कार्यका लागि बजेट छुट्याउन पत्र पठाएकोमा विरोध गरेका थिए । उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए, ‘तपाई देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

धेरैले प्रधानमन्त्री कार्यालयबाट पठाइएको पत्रको विरोध गरेका छन् । कसैले प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा विकास गर्न नपाउने ? भन्दै ओलीको बचाउ गरेका थिए ।तर, प्रधानमन्त्री स्वयंमलाई उक्त पत्रबारे केही थाहा नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

ट्वीटरमा ‘प्रधानमन्त्रीज्यु आश्चर्यचकित’ भन्दै अर्यालले आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर नीजि सचिवालयबाट भूलवश राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको दाबी गरेका छन् ।

आफू नै अध्यक्ष रहेको आयोगबाट प्रधानमन्त्रीले त्यस प्रकारको पत्र पठाउने कुरै नआउने भन्दै बाहिर आएको कुराको सान्दर्भिकता नरहेको उनले उल्लेख गरेका छन् ।उक्त पत्रका कारण प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी बनेको अर्यालले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।