Logo

प्रमुख समाचार

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्ने संविधानको कुन धारामा छ ? : काँग्रेस



राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा प्रतिपक्षी काँग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको आलोचना गरेका छन् । राष्ट्रपतिको सम्बोधन जारी रहेकै बेला ट्वीट गर्दै शर्माले मुलुकमा नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? भन्ने प्रश्न गरेका हुन् । ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ?’, शर्माले ट्वीटमा भनेका छन्, ‘कुनै बेला ‘श्री ५ को’ सरकार थियो ।

राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’ राष्ट्रपति भण्डारीको सम्बोधनमा ठाउँठाउँमा ‘मेरो सरकार’ भन्ने शब्द उल्लेख गरिएको छ ।

राजतन्त्रकाे झल्को दिने राष्ट्रपतिकाे ‘मेरो सरकार’ !

यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा ‘नेपाल सरकार’ पदोन्नति भएर ‘मेरो सरकार’ बनेको छ ।अिघल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनिएको थियो । पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि ‘नेपाल सरकार’ भनेर सुरू गरिन्थ्यो ।

यादवले आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी…यस्तो गरिनेछ’ भन्थे । कतिपय ठाउँमा उनले ‘वर्तमान सरकार’ पनि भनेका छन् । तर, कुनै पनि ठाउँमा ‘मेरो सरकार’ भनेनन् । राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ‘मेरो सरकार’ भन्ने गर्थे ।

गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रप्रमुखले राजाले जस्तै ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि टीकाटिप्पणी भएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्, ‘मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकाररु कुनै बेला ञश्री ५ कोझ सरकार थियो, राजाले ञमेरो सरकारझ भनेर सम्बोधन गर्थे आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’

विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले पनि ट्विटरमा लेखेका छन्, ‘यो ‘मेरो सरकार’ होइन, ‘नेपाली जनताको सरकार’ हो ।’

नीति तथा कार्यक्रम नेपाल सरकारले नै तयार पार्छ । सम्बोधनअघि संसद बैठकमै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गर्छन् । त्यसैले यसमा लेखिने भाषा र सम्बोधन सरकारले नै तयार पार्छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १२:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।