उपेन्द्र यादबको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर पछि बाबुरामको देब्रे आँखा गायब हुने भएको छ । अब बन्ने पार्टीको सिद्धान्त मुख्य रूपमा समाजवादीको सिद्धान्त नै रहने छ । पूँजीवाद र साम्यवादबीचको समाजवादलाई पार्टीको सिद्धान्त बनाइएको छ । नेपाली माटो सुहाउने २१ औं शताब्दीको सिद्धान्त अनुसार समाजवादी पार्टी गठन गरिएको नेताहले बताएका छन् ।
पार्टीमा १५ वटा विशेषतालाई सैद्धान्तिक आधार बनाइएको छ । जसमध्ये फोरमको संघीयताको ८ वटा र नयाँ शक्तिको ‘७ वटा स’ लाई मुख्य आधार बनाइएको छ । राज्य स्वतन्त्र संघीय धर्म्निरपेक्ष, समानुपातिक समावेशी हुनेछ भनेर एकीकृत घोषणापत्रमा उल्लेख गरिएको छ । पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्नेमा समझदारी भएको छ ।
चुनाव चिन्हमा तारालाई निर्वाचन आयोगमा दर्ताका लागि पठाउने सहमति गरिएको छ । तर उक्त चुनाव चिन्ह पहिले नै कुनै पार्टीको नाउँमा निर्वाचन आयोगमा दर्ता भएको तर हाल उक्त चुनाव चिन्हलाई आयोगले फ्रीज गरेर राखेकोले उक्त चिन्ह दिन अनुरोध गरिने एक नेताले बताए ।
यसअघि फोरमको चुनाव चिन्ह मसाल थियो र नयाँ शक्तिको चुनाव चिन्ह देब्रे आँखा थियो । तर सरकारले जाल झेल गर्न, मतदातालाई भ्रमित गर्न अरू कुनै पार्टीलाई दायाँ आँखा, दुई वटा आँखा आदि दिन सकिने सम्भावनालाई समेत ध्यानमा राखेर चुनाव चिन्हका लागि तारा प्रस्ताव गरिएको नेताहरुले बताएका छन् ।















प्रतिक्रिया