Logo

राजनीति

भीम रावलले उपप्रधानमन्त्री माग्दै थिए: कर्ण थापा



नेकपा विभाजनपछि दुवै पक्षले छुट्टाछुट्टै भेला गर्ने र एकले अर्को पक्षलाई चर्को गाली गर्ने श्रृखला नै चलेको छ । भेलाहरुमा नेताहरुले आफूहरुनै बलियो र आधिकारिक भएको दावी पनि दुवै पक्षमा हुने गरेकाछन । एकले अर्कोलाई नग्यांउन अधिकाँश समय खर्चिनु दुवै समुहका नेताको सामान्य कुरा नै भयो ।

यसैबीच काठमाडौंको ववरमहलमा अध्यक्ष केपी ओली समुहको सुदुरपश्चिम प्रदेश स्तरीय भेलामा नवनियुक्त मन्त्रीहरु सहित प्रदेश अध्यक्ष कर्णवहादुर थापाले प्रचण्ड–माधव नेपाल पक्षका नेता भीम रावलको चर्को आलोचना गरे । कार्यक्रममा नवनियुक्त वनमन्त्री समेत रहेका डोटी जिल्ला इन्चार्ज प्रेम आलेले रावल ‘नेताहरुको पैतला चाटेर’ ५ पटक मन्त्री भएको आरोप लगाए । माधव नेपाल प्यानलबाट महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका आले भीम रावलसँगको विमतिकै कारण ओली पक्षमा लागेका थिए ।

त्यस्तै, ओली पक्षीय नेकपाका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले पनि रावलविरुद्ध तिखो टिप्पणी गरे । बाहिर विरोध गरे पनि ओलीसँग ‘उपप्रधानमन्त्रीको भिख’ मागेको उनको भनाइ थियो । ‘भीम रावलले बाहिर ओलीको बिरोध गरे पनि भित्र–भित्र ओलीसँग उपप्रधानमन्त्रीको भिख माग्दै आएका थिए,’ थापाको दावी थियो, ‘जति गरे पनि अहिले असफल भएपछि बाहिर विरोध गरिरहेका छन् ।’ सुदुरपश्चिमकै नेताहरु गणेश ठगुन्ना, हालै श्रम मन्त्री भएका गौरीशंकर चौधरी लगायतले पनि रावलविरुद्ध अभिव्यक्ति दिएका थिए। सुदुरपश्चिम प्रदेशमा रावल विभाजनअघि सम्म नेकपाका प्रदेश इन्चार्ज थिए ।

अहिले ओली पक्षले लेखराज भट्टलाई प्रदेश कमाण्डर तोकेको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।