Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाइ निर्दोश भन्ने अधिकार कहाँबाट आयो ? आफै अदालत बनेर फैसला गर्न मिल्छ ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाडँले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ निर्दोश भन्ने अधिकार कसरी आयो भनी प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री ओलीमाथि अदालतको काम आफैँले गरेको आरोप समेत लगाएका छन् ।
मंगलबार प्रतिनिधीसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दैँ नेता खाडँले न्यायालयले गर्नुपर्ने काम प्रधानमन्त्री गर्न मिल्छ भनेर प्रश्न उठाएका छन् । प्रधानमन्त्रीजीले वाईडबडी काण्डमा रविन्द्र अधिकारी निर्दोष थिए, बालुवाटार जग्गा काण्डमा बिष्णु पौडेलको दोष छैन् भनी अदालतको काम आफैँ गर्न मिल्छ, नेता खाडँले आक्रोस पोख्दै भने, प्रधानमन्त्रीलाई निर्दोश भन्ने अधिकार छ ? अदालतको काम गर्ने अधिकार प्रधानमन्त्रीलाई कहाँ बाट आयो भन्दैँ प्रश्न समेत उनले उठाएका छन् ।
प्रधानमन्त्री आफैँले न्यायिक फैसला गरेको उनले आरोप लगाएका छन् । शक्ति पृथकिकरणको सिद्धान्त अनुसार प्रधानमन्त्रीले कार्यकारिणी अधिकार प्रयोग गर्ने हो, शासन गर्ने हो, विकास निर्माण गर्ने हो, प्रशासन चलाउने हो, न्यायिक फैसला गर्ने अधिकार छ, उनले अघि भने, जसलाई न्यायिक अधिकार नै छैन् उसले फलानो निर्दोष, बालुवाटार जग्गाकाण्डमा निर्दोष, वाईडबडीमा निर्दोष, एनसेलमा निर्दोष भन्न मिल्छ ?
यस्तै खाँडले नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि आउनुपर्ने नीति तथा कार्यक्रम भन्दा पृथक भएर आएको बताएका छन । यसमा टेक्नीकल मिस्टेक हो भन्ने हामीलाइ लागेको छ । किनकी हाम्रो संविधान तपाई हामीले मिलेरै बनाएका हौं । यो संविधान दुइ पटक संविधान सभाको चुनाव गरेर अधिकतमा संविधान सभाका सदस्यहरु उपस्थिति र सहमतीमा यो संविधान बनेको छ । र नीति र कार्यक्रमले संविधानलाइ संबोधन गर्नुपर्ने हो, संविधानको आधारशिलामै उभिएर यो बन्नुपर्ने हो तर अवलोकन गरेको छैन । त्यसैले कमी कमजोरीलाइ सच्याएर जाउ ।
राष्ट्रपतिले सम्बोधन गर्दा ठाउँठाउँमा मेरो सरकार, मेरो सरकार, मेरो सरकार भन्नुभएको छ । तर हाम्रो संविधानले मेरो संविधान भनेको छैन । नेपालको संविधानको भाग छ मा राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था गरेको छ । धार ६१ म राष्ट्रपतिको प्रवन्ध गरेको छ, राष्ट्रपति नेपालको राष्ट्रअध्यक्ष हुनेछ । यसले संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । ६१ को उपधारा ४ मा संविधानको पालनपोषण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुन्छ, राष्ट्रपतिले “मेरो सरकार, मेरो सरकार ”भनेर दोहो¥याइ रहनुमा टाइपिङ मिस्टेक होकी उच्चारण ?

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।