Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले संसदमा दिएको जवाफप्रति कांग्रेसको आपत्ति, विज्ञप्ती सहित



संसदमा नीति तथा कार्यक्रमको बारेमा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले प्रतिनिधीसभाको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैरसंसदीय भाषा बोलेका भन्दै नेपाली कांग्रेस संसदीय दलले गम्भीर आपत्ति जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोधका बावजुदपनि नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको थियो र प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका थिए ।

अवरोधकै बीच आर्थिक वर्ष २०७६र ७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए ।
नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सोही सम्बन्धमा नेपाली कांगे्रस संसदीय दलले गम्भीर आपत्ति जनाएका हुन् ।

हेर्नुहोस विज्ञप्ती 

१. मिति २०७६ वैशाख २० गते सम्माननीय राष्ट्रपतिद्वारा सम्बोधन गरिएको नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथी छलफल पश्चात प्रतिनिधिसभाका माननीय सदस्यहरुले सम्माननीय प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभा वैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैर संसदीय भाषा बोलेकोप्रति नेपाली काँग्रेस संसदीय दल गम्भीर आपत्ती प्रकट गर्दछ ।

२. प्रतिनिधि सभाका सम्माननीय सभामुखले गरिमामय ढंगले संसद सञ्चालन गर्नुपर्ने र गैर संसदीय एवं संसदको गरिमा घट्ने खालका अमर्यादित शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको र संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेमा त्यसप्रति तत्परता समेत नदेखाउनु भएकोप्रति नेपाली काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।

३. संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशिघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्नका लागि नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ ।

बालकृष्ण खाण
प्रमुख सचेतक

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।