Logo

राजनीति

कमजोर काग्रेसलाई ओलीले पावर देखाए पछि हंगामा



सरकारले आगामी आर्थिक बर्षका लागी संसदमा प्रस्तुत गरेको निति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले शब्द शब्दमा निहु खोजेर बखेडा गर्न खोजे पछि दुइ तिहाइका शक्तिशाली प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो पावर देखाएका छन् ।

निति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरी जवाफ दिन्छु भनेपछि काग्रेसले संसदमा लफडा भएको हो ।

त्यसपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले उभिएर संसद अवरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमाथि प्रधानमन्त्री ओलीले जवाफ दिएपछि प्रतिपक्षी सांसदहरुले थप प्रश्न गरेका थिए ।

स्पष्टिकरण रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिु लाई वास्ता नगरी जवाफ दिने भन्दै बोल्न थालेका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

अर्कातिर नीति तथा कार्यक्रममाथि सांसदहरुले प्रश्न सोध्ने क्रममा अपशब्द प्रयोग गरेको प्रधानमन्त्री केपी शर्मा ओली पनि रिसाएका थिए । सांसदहरुले सोधेका प्रश्नमाथि स्पष्टिकरण दिन रोस्टर्ममा पुगेका प्रधानमन्त्री प्रयोग गरेका शब्दलाई लिएर सांसदहरुले विरोध जनाए ।

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि महराले २०७६ भन्दै नीति तथा कार्यक्रम पास भएको घोषणा गरे।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।